एमाले एमसीसीको पक्षमा छ : नेता प्याकुरेल

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १० : १५


नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य सुमन प्याकुरेलले माधव नेपालले शेरबहादुर देउवालाई सोधेर पार्टी खोलेको आरोप लगाएका छन् ।

सहिद कृष्णबहादुर स्याङतानको स्मृति दिवसमा सहभागी हुन महोत्तरी पुगेका नेता प्याकुरेलले देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेका नेपाल कुनै हालतमा कम्युनिस्ट हुन नसक्ने जिकिर गरे ।

माधव नेपालको पार्टी विभाजनले आफूहरूलाई तीन प्रतिशत पनि असर नपरेको उनले बताए । उनले एमालेबाट प्रदेश सभा छोड्नेहरू पनि समानुपातिक सांसद रहेको उनले बताए ।

उनले कांग्रेस भन्दा आफूहरू बलियो रहेको बताएका छन् । एमसीसीको विषयमा अनावश्यक हल्ला नगर्न उनको आग्रह छ । उनले एमाले एमसीसीकै पक्षमा रहेको बताए ।

ुएमसीसी जनताको हितमा छ । यसको विरुद्धमा नबुझेर अनावश्यक हल्ला गर्नू आवश्यक छैनु, उनले भने ।

प्रतिनिधि सभा बारे बोल्दै उनले सभामुखले आत्मआलोचना नगरेसम्म एमालेले बैठक बहिष्कार नै गरिरहने बताए । नेकपा एमालेले बैठकलाई बहिष्कार गर्दागर्दै पनि संसदबाट बजेट, नीति तथा कार्यक्रम पास गराउनु दुखद भएको नेता पोखरेलको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्