‘डेल्टा भेरिएन्ट’ र आँधीबेहरीबीच अमेरिकामा बेरोजगारी फेरि बढ्यो

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १० : १०


वासिङटन । कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका लागि पर्ने निवेदनमा दरमा वृद्धि देखिएको बिहीबार श्रम मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ।

डेल्टा र आँधीका कारण पनि अघिल्लो दुई हप्ताभन्दा गत हप्ता १६ हजार व्यक्तिले बेरोजगार बनेका कारण सहयोग माग गरी निवेदन दिएका छन्।

यो विश्लेषकहरूको अपेक्षाभन्दा धेरै माथि हो।

सन् २०२० को मार्चमा महामारी सुरु भएपछि श्रम बजारको अवस्था नजिकबाट नियाल्दा यस वर्षको अधिकांश समय ह्रास हुँदै आएको छ।

हालैको आँधी र कोभिडको डेल्टा भेरिएन्टले अमेरिकी अर्थतन्त्रलाई लगभग एक महिनाअघिको स्तरसम्म पुर्याईदिएको छ।

डेल्टा भेरिएन्टको अवरोधको सङ्केतको सट्टा गत हप्ताको वृद्धि तथ्याङ्कमा मौसमी समायोजन र आइदा आँधीको प्रभावको परिणाम हुनसक्ने सम्भावना बढी भएको ‘प्यान्थियन माइक्रोइकोनोमिक’ का आर्थिक विश्लेषक इयान सेफर्डसनले बताए।

उनका अनुसार राज्य बेरोजगारी कार्यालयहरूमा पुग्नमा नै आँधीका कारण अवरोध उत्पन्न भएका कारण पनि बेरोजगारी दरमा वेद्धि देखिएको हो।

बेरोजगार भएका निवेदन आउने प्रवृत्ति बिस्तारै घट्दै जानेछ तर मौसमी कामहरूले गर्दा नोभेम्बरसम्म बेरोजगारी दरमा देखिएको वृद्धि रोकिने सम्भावना रहेको उनको विश्लेषण छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्