खोलाले बगाएर एक युवक बेपत्ता

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : १५


बागलुङ। बागलुङको बडिगाड खोलाले बगाउँदा एक युवा बेपत्ता भएका छन्।

निसीखोला गाउँपालिका( ६ घर भई बडिगाड गाउँपालिका( ५ खारामा भाडामा बस्ने २४ वर्षीय गोविन्दचन्द्र बिक बेपत्ता भएका हुन्।

बडिगाड खोलाको काली दहमा पौडिन गएका बिकलाई खोलाले बगाएको प्रहरी चौकी ग्वालीचौरका प्रहरी सहायक निरीक्षक गुरुप्रसाद न्यौपानले जानकारी दिए। बिक साथीहरूसँग खोलामा बालुवा झिक्न गएका थिए। उनी बडिगाडमा मजदुरी गर्दै आएका थिए।

बिहीबार दिउँसो साढे १ बजेको समयमा चर्को घाम लागेपछि साथीहरू शीतल खोज्दै खोलाभन्दा केही पर गएका थिए । बिक गर्मी छल्न पौडी खेल्न गएका उनका साथीहरूको भनाइ उद्धृत गर्दै प्रसनि न्यौपानेले बताए।

बेपत्ता बिकका आफन्त, स्थानीयवासी र प्रहरीको टोलीले खर्वाङसम्म खोजी गर्दा पनि फेलापार्न सकेको छैन।

उनले लगाएको कपडा खोला किनारमा फेला परेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्