प्रचण्डलाई घनश्याम भुसालको जवाफ: हाम्रोबारे चिन्ता गर्नुपर्दैन, आफ्नो पार्टी राम्रो बनाउनुस्

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ६ : ४६


काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले आफूहरुको चिन्ता नलिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन्।

बिहीबारमात्रै प्रचण्डले पाँचखाल पुगेर केपीसँग आत्मसमर्पण गरेका साथीहरु देख्दा दया लागेको टिप्पणी गरेका थिए।

माधव नेपाल छाडेर एमालेमा फर्किएका १० भाईतर्फ संकेत गर्दै प्रचण्डले केपीको पार्टीमा बस्ने वातावरण नभएकाले ढिलोचाँडो फर्किने टिप्पणी गरेका छन्।

प्रचण्डका यी टिप्पणीमा असहमति जनाउँदै भुसालले आफूहरु र एमालेको चिन्ता नलिन सुझाएका हुन्।

‘कमरेड प्रचण्ड, हाम्राबारे तपाईंको चिन्ता अत्यधिक देखिन थाल्यो’, भुसालले भनेका छन्, ‘हाम्रो पार्टी हामीले नै बनाउछौं। तपाईंले आफ्नै पार्टी राम्रो बनाएको देख्न चाहन्छौं।’


प्रतिक्रिया दिनुहोस्