काठमाडौं। नेपाली कांग्रेस सर्लाहीको क्रियाशील सदस्यता विवाद पार्टी मुख्यालय सानेपामा छताछुल्ल भएको छ।
कांग्रेस सर्लाहीमा अमेरशकुमार सिंह र प्रदेश मन्त्री वीरेन्द्र सिंहबीच ‘इगोको लडाइँ’ चलेको छ।
लामो समयदेखि कांग्रेस सर्लाहीको क्रियाशील विवाद टुंगो लाग्न नसकेको भन्दै धर्ना कार्यक्रम जारी छ।
यसैक्रममा मंगलबार दिउँसो प्रदेश २ का मन्त्री वीरेन्द्रप्रसाद सिंहले बरहथवा नगरपालिका-४ का वडाध्यक्ष लखिन्द्र महतोमाथि कुटपिट गरेको भन्दै अमरेश सिंह पक्षले धर्ना सुरु गरेको छ।
कुटपिटको विरोधमा कांग्रेस केन्द्रीय कार्यलयमा आयजित धर्नामा कांग्रेस नेता डा.शेखर कोइरालाले समेत ऐक्यबद्धता जनाएका छन्।
बिहीबार दिउँसो सानेपा पुगेर कोइरालाले ऐक्यबद्धता जनाएका हुन्। अमरेश कोइराला समूह र वीरेन्द्र सिंह विमलेन्द्र निधि समूहमा छन्।