काठमाडौं । चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न पाकिस्तानी क्रिकेट खेलाडी अल राउण्डर शाहिद अफ्रिदी काठमाडौं आइपुगेका छन्।
काठमाडौं किङ्स इलाभेनमा आबद्ध अलराउण्डर अफ्रिदी बिहीबार ४ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेका हुन्।
उनी केही समयपछि सञ्चारकर्मीमाझ उपस्थित हुनेछन्।
चौंथो संस्करणको ईपीएल क्रिकेट ९-२३ असोजसम्म टियु क्रिकेट मैदानमा हुनेछ।
४४ वर्षीय अलराउण्डर अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि २०१८ सम्म खेलेका थिए । उनले पाकिस्तानका लागि २७ टेष्टमा १७ सय १६ रन र ४८ विकेट हात पारेका छन्।
अफ्रिदीले ३ सय ९८ एक दिवसीयमा ८ हजार ६४ रन बनाउँदा ३ सय ९५ विकेट र टि(ट्वान्टीमा ९९ खेल खेल्दै १४ सय १६ रन र ९८ विकेट लिएका छन्।
प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ।
विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्ने छन्।