करिना कपुर सीता बन्न नपाउँदा‍..

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ४ : २२


काठमाडौं । पछिल्लो केही समय ‘सीता’ बन्ने कुराले चर्चामा रहेकी बलिउड अभिनेत्री करिना कपुरले यसपालिको जन्मदिन पति सैफ अलि खानका साथमा माल्दिभ्समा मनाइन्।

२१ सेप्टेम्बर अर्थात् मंगलबार आफ्नो ४१औं जन्मदिन मनाएकी करिनाले इन्स्ट्रामा स्टोरी हाल्दै आफूलाई शुभकामना व्यक्त गर्ने सबैप्रति आभार व्यक्त गरेकी छिन्।

करिना केहीअघिसम्म ‘सीता–दि इन्कार्नेसन’ नामक फिल्ममा सीताको भूमिका निर्वाह गर्ने कुराले चर्चामा थिइन्।

उनले सीता बन्न १२ करोड भारु पारिश्रमिक माग गरेकोसमेत खबर आएको थियो । तर, यो खबर त्यतिबेला गलत प्रमाणित भयो, जतिबेला सो फिल्मको निर्माण पक्षले करिनालाई कहिल्यै प्रस्ताव नै नगरिएको जानकारी दियो।

‘सीता–दि इन्कार्नेसन’ को स्क्रिप्ट नै कंगना रनावतलाई हेरेर लेखिएकाले अरु अभिनेत्रीलाई प्रस्ताव गरिने कुरै नभएको फिल्मका निर्देशक अलौकिक देसाईले बताएका छन्।

अर्को वर्ष प्रदर्शनमा आउने सो फिल्म अ ह्युमन बिइङ स्टुडियोेले निर्माण गर्दैछ। आफू सीता बन्न नपाएको बारे भने करिनाको आधिकारिक धारणा सार्वजनिक भइसकेको छैन।


प्रतिक्रिया दिनुहोस्