सेयर बजारमा सामान्य वृद्धि, बैंकिङ समूहमा लगानीकर्ताको आर्कषण

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ३ : ५६


काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले उकालो लागेको छ। आज नेप्से परिसूचक दुई दशमलव ७० अंकले बढेर दुई हजार ८१९ दशमलव ६५ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

आज २२८ कम्पनीले एक करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर कारोबार हुँदा कुल सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँको सेयर कारोबार भएको छ।

आज बैंकिङ र फाइनान्सको उपसूचकहरु मात्रै हरियो देखिएका छन्। बैंकिङ समूहको उपसूचक दुई दशमलव ४७ अंकले उकालो लागेको छ भने फाइनान्स समूहको उपसूचक शून्य दशमलव ३१ अंकले मात्र सुधारिएको छ।

त्यस्तै, बाँकी सबै समूहका उपसूचकहरु राताम्मे भएका छन्। आज सबैभन्दा धेरै ओरालो लाग्ने समूहको उपसूचकमा होटल र पर्यटन, हाइड्रोपावर र लगानी समूहको उपसूचकहरु रहेको छन्।

यिनीहरु सबै दुई समूहका उपसूचक दुई अंक भन्दा धेरेले ओरालो लागेका छन्। बाँकी सबै समूहको उपसूचकमा शून्यदेखि एक दशमलवभन्दा बढीको मात्रै गिरावट आएको छ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा सानीमा बैंक रहेको छ। बैंकको आज ३४ करोड १५ लाख ८३ हजार ९७२ दशमलव १० रुपैयाँको कारोबार भएको छ।

त्यसैगरी, आज सबैभन्दा धेरै फाइदा कमाउनेमा मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताहरु रहेका छन्। लघुवित्त ११९ दशमलव ७० अंकले फाइदामा गएको छ।

त्यस्तै, आज सबैभन्दा धेरै नोक्सान व्यहोर्नेमा हिमालय पावर पार्टनरका लगानीकर्ता रहेका छन्। कम्पनी –२९ अंकले घाटामा गएको छ।


प्रतिक्रिया दिनुहोस्