टोपबहादुर र बादलप्रति प्रचण्डको गुनासो: जसलाई धेरै मन्त्री बनाएँ, उही भगौडा भएर निस्क्यो

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ३ : ४६


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरूमाथि आक्रोश पोखेका छन्।

वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले जसलाई धेरै मन्त्री बनाएँ, त्यही धेरै भगौडा भएर निस्क्यो। त्यो टोपबहादुरलाई मैले बनाएँ। त्यो भाग्यो। बादललाई बनाएँ। सरकारको नेतृत्व तपाई गर्नुस् भनेर बनाएको त हामीले हो नि। अहिले हेर्नुस् त भगौडा बनेर गयो।’

प्रचण्डले यसमा आफ्नो पनि केही कमजोरी रहेको भन्दै अरूलाई दोष नदिने पनि उल्लेख गरे। ‘अब अरूलाई केही भन्दिनँ। बिग्रेको मै हो। म अब सच्चिन्छु। अब तपाई के गर्नुहुन्छ गर्नुस्। म अरूलाई भन्दा आफैलाई करेक्सन गर्नुपर्छ’, उनले भने, ‘अब कति बाँचिन्छ बाँचिन्छ। म ज्यान फालेर लाग्छु। समाजवादी क्रान्ति ल्याउन। बुढेसकालमा माओले जस्तै म पनि क्रान्ति गर्छु। तपाईहरू साथ दिनुस्।’


प्रतिक्रिया दिनुहोस्