काठमाडौं । संविधान दिवसका अवसरमा सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई प्रसिद्ध प्रवल जनसेवाश्री पदकबाट सम्मानित गर्ने निर्णय गरेको छ।
हाल गम्भीर प्रकृतिको रोगसँग लडिरहेकी दाहाललाई दिइएको उक्त सम्मानबारे धेरैले आलोचना गरेका छन्।
हाल प्रतिपक्षीको भूमिकामा रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले त सार्वजनिक कार्यक्रममै आक्रोश पोखे।
जनआन्दोलनका योद्धाहरुलाई दिनुपर्ने सम्मान कसैको पत्नीलाई दिइएको भन्दै ओलीले प्रश्न गरेका थिए, ‘के आज श्रीमतीको मुख हेर्ने दिन हो?’
ओली लगायतका शिर्ष व्यक्तिहरुले विरोध गरिरहँदा विप्लवपुत्र डा.प्रकाश चन्द भने दाहाल पत्नी सिताको प्रतिरक्षामा उत्रिएका छन।
१० बर्षे लामो सशस्त्र संघर्षमा निकै दुःख, कठिनाई भोगेकी सिता दाहालबारे गरिएको टिप्पणीप्रति प्रकाशले नराम्रो टिप्पणी गरिएकोमा असन्तुष्टि जनाएका छन।
हाल ओली लगायतका नेताहरुले भन्ने गरेको ‘ठूलो राजीतिक उपलब्धी’मा दाहाल पत्नी सिताको पनि महत्वपूर्ण योगदान रहेको प्रकाशको तर्क छ।
‘आमा तिमीलाई मेरो पनि सम्मान। विरोध गर्ने साथीहरु ठण्डा दिमागले सोच। तिम्री श्रीमतीले तिमी अबेर घर आउँदा २ दिन बोल्दिनन् । तिमीलाई काँडा बिझ्दा आमाले राति भात खान्नन्’, उनले ट्वीटरमा सीतासँगको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘तर यी आमाले त त्यो संघर्षमा तिम्री आमा र श्रीमतीलेभन्दा पक्कै बढी नै दुःख गरिन् अनि किन रुन्छौ यार? आमालाई मजाक नबनाउ।’
प्रचण्डपत्नी सीता यतिबेला गम्भीर बिरामी छिन्। केही समयअघि मात्र प्रकाश उनलाई भेट्न प्रचण्डनिवास खुमलटार पुगेका थिए ।
आमा तिम्लाई मेरो पनि सम्मान:
बिरोध गर्ने साथिहरु ठन्डा दिमागले सोच, तिम्रो बुडिले तिमि अबेर घर आउँदा २ दिन बोल्दिनन। तिम्लाई काँडा बिज्दा आमाले राति भात खान्निन तर यि आमाले त त्यो संघर्ष मा तिम्रो आमा र बुडिले भन्दा पक्कै बढि नै दु:ख गरिन अनि किन रुन्छौ यार? आमालाई मजाग नबनाउ। pic.twitter.com/gEcziN4Qk0— डा. प्रकाश चन्द (@Ernestochand93) September 21, 2021