प्रचण्डको आक्रोश: ‘केपी ओली हरुवा हो, भगौडा हो’

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : ५३


काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी ओलीमाथि भगौडाको आरोप लगाएका छन् ।

वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई बिहीबार काभ्रेको पाँचखालमा सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्ति कम्युनिस्टविरोधी, राष्ट्रविरोधी र सामन्ती प्रवृत्ति हो भन्ने प्रमाणित भएको बताए।

‘केपी हरुवा हो । भगौडा हो । कम्युनिस्ट आन्दोलनबाट भाग्यो। मार्क्सवाद, समाजवादबाट भाग्यो’, उनले भने, ‘मार्क्सवाद, समाजवाद, एकता विरोधी चरित्रलाई उदांगो पारेर पार्टी निष्कासित गरेको हो। हामी विजेता हो । ऊ हरुवा हो।’

 


प्रतिक्रिया दिनुहोस्