प्रतिनिधिसभा बैठकः एमाले सांसद नाराबाजी, सभामुखले बैठक अगाडी बढाए

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : ४८


काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा पनि एमाले सांसदहरूको नाराबाजी भइरहेको छ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ हुन्छ भनेलगत्तै एमालेका सांसदहरू रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरिरहेका छन्।

उनीहरूको नारबाजीबीच सभामुख सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन्।

उनले राष्ट्रपति कार्यालयबाट प्राप्त भएको मन्त्रिपरिषद विस्तारसम्बन्धी पत्र वाचन गरेर सुनाएका छन्।


प्रतिक्रिया दिनुहोस्