दशैंका लागि नयाँ नोट बाँड्दै राष्ट्र बैंकले भन्यो-‘पैसा केरमेट नगरि राखौं, नत्र कारबाही’

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : ४१


काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ नोटको प्रयोग जतनसँग गर्न आग्रह गरेको छ।

४ असोजदेखि नयाँ नोट वितरण गर्दै आएको बैंकले नयाँ नोटको जतनसँग प्रयोग गर्न, डिजिटल कारोबार गर्न र हिफाजत गर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

राष्ट्र बैंकले भुक्तानी दिँदा विद्युतीय कारोबार गर्न, कार्ड वा ई-वालेटको प्रयोग गर्न आग्रह गरेको छ। नयाँ नोटमा पानी, दूध, रगत नपार्न पनि आग्रह गरेको छ।

यस्तो भुक्तानी कारोबार गर्दा जाली वा शंकास्पद नोट फेल पाररे राष्ट बैंकमा जानकारी दिन पनि आग्रह गरेको छ। राष्ट्र बैंकले नोटको दुरुपयोग गर्नेलाई कारबाहीसमते गर्ने जनाएको छ।

मुद्रा व्यवस्थापन विभागको अनुरोध

– नोटको जतन गर्न अनिवार्य रूपमा मनी ब्याग प्रयोग गर्ने बानी बसालौं।

– नोटमा जथाभावी केरमेट नगरौं।

– समान दरका नयाँ अथवा सुकिला दुवै किसिमका नोटको मूल्य समान हुने भएकाले सकेसम्म सुकिला नोटको प्रयोग गर्ने बानी बसालौं।

– नयाँ नोट छपाइ गर्न ठूलो मात्रामा सम्पत्ति खर्चिनुपर्ने भएकाले नोटको जतन गरी देशको सम्पत्ति जौगाऔं।

– नोटलाई माटो, धमीरा, आगो र पानीबाट जोगाऔं। नोटलाई गाड्ने, धेरै समयसम्म पोको पारेर राख्ने गर्नाले नोट सड्ने डर हुने हुँदा यस्तो कार्यलाई निरुत्साहित गरौं।

– नोटको हिफाजत गर्ने कुरा आफूले पनि मनन गरौं र अरुलाई पनि सिकाऔं।

– नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्यागौं।

– पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातहरूले सकेसम्म नछोऔं।

नोट

– टांचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने भएकाले जतन गरौँ।


प्रतिक्रिया दिनुहोस्