यथास्थितिमा एमसीसी पारित हुन दिन्नौंः एकीकृत समाजवादी

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : २८


काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रहित अनुकूल नबनाई पारित हुन नदिने भएको छ।

एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठकको निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले राष्ट्रहित अनुकूल बनाएपछि मात्रै एमसीसी पारित हुन दिने बताए।

व्यापक रूपमा छलफल गरेर संशोधन गरी एमसीसीलाई नेपालको पक्षमा पारेर मात्र पास गर्ने आफ्नो पार्टीको निर्णय भएको उनको भनाइ छ।

एकीकृत समाजवादी सुरुदेखि नै एमसीसीको विपक्षमा उभिएको छ । तर, संसदबाट पारित गर्नैपर्ने भएकाले त्यसलाई सुधार गरेर मात्र अघि बढ्नुपर्ने सो पार्टीको धारणा छ।


प्रतिक्रिया दिनुहोस्