एमालेले हाम्रो पार्टीबारे गलत प्रचार गर्‍यो, जबज मान्छौंः माधव नेपाल

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  २ : ०७


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले आफ्नो पार्टीबारे गलत प्रचार गरिरहेको बताएका छन्।

काठमाडौंमा पार्टीको बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित कार्यक्रममा उनले नेकपा एस अरु पार्टीसँग मिसिन खोजेकोजस्तो गलत प्रचार एमालेले गरिरहेको बताए।

यस्ता गलत प्रचार चिर्न नेता तथा कार्यकर्तालाई अध्यक्ष नेपालले आह्वान गरे।

‘एमालेले हाम्रोबारेमा गलत प्रचार गरिरहेको छ। एमाले अरु पार्टीमा मिसिन खोजेको गलत प्रचार गरेको छ’, उनले भने, ‘एकीकृत समाजवादी कोहीसँग पार्टी एकता गर्दैन।’

आफूहरू सत्तारुढ गठबन्धनमा रहेको भन्दै उनले गठबन्धनलाई कसैले भत्काउन नसक्ने दाबी गरे।

यस्तै नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। नेपालले जनताको बहुदलीय जनवादको मूल्य, मान्यतालाई रक्षा गर्दै आफ्नो पार्टी अघि बढ्ने प्रतिवद्धतासमेत व्यक्त गरे।

 


प्रतिक्रिया दिनुहोस्