एमालेको केन्द्रीय कमिटी बैठक ८ र ९ असोजमा

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १ : ०३


एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

तुल्सीलाल प्रतिष्ठान च्यासलमा ८ र ९ असोज अर्थात शुक्रबार र शनिबार दिउँसो १ बजे बस्ने गरी एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो।

बैठकमा विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव, विधान संशोधन प्रस्ताव छलफल तथा पारित गर्ने कार्यसूची छ।


प्रतिक्रिया दिनुहोस्