नेकपा एसको महासचिवमा बेदुराम, झाँक्रीले पाइन् सचिवको जिम्मेवारी

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ११ : ४५


नेकपा एकीकृत समाजवादीको अनौपचारिक बैठकले पदाधिकारीमा सहमति जुटाएको छ। नेकपा एसका नेता राजेन्द्र पाण्डेका अनुसार पार्टीका चार उपाध्यक्ष र महासचिव तथा उपमहासचिवको नाम टुंगो लागेको हो।

पाण्डेका अनुसार पार्टी महासचिवमा डा बेदुराम भुसालको नाममा सहमति जुटेको छ। त्यस्तै उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल को नाम टुंगो लागेको छ।

उपमहासचिवमा डा विजय पौडेल, डा गंगालाल तुलाधर र प्रकाश ज्वाला रहने छन्।

सचिवमा भने रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ चयन हुनेछन्। यी नामलाई आज बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्नेछ भने पोलिव्युरो र केन्द्रीय कमिटी पनि विस्तार हुने पाण्डेले बताए।


प्रतिक्रिया दिनुहोस्