रुरु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन, यस्तो छ निर्धारण गरिएको भाउ

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १० : ३२


नेपाल स्टक एक्सचेञ्ज नेप्सेले बिहीबार रुरु जलविद्युत परियोजनाको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ एक हजार दुई सय ६ रुपैयाँ निर्धारण गरेको छ।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो। नेप्सेले कम्पनीको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यको आधारमा मूल्य समायोजन गरेको हो।

बुधबार कम्पनीको सेयर प्रतिकित्ता एक हजार तीन सय २७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। यही समायोजित मूल्यको आधारमा बिहीबार कारोबार खुल्नेछ।

कम्पनीले १६ असोजमा वार्षिक साधारण सभा आह्वान गरेको छ। जलविद्युत कम्पनीले साधारण सभा प्रयोजका लागि बुकक्लोज गरेसँगै नेप्सेले कम्पनीको मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे देखि भर्चुअल माध्यमबाट हुनेछ।

सभामा आर्थिक वर्ष २०७६र०७७ को नाफाबाट करसहित १० दशमलव ५२ प्रतिशत नगद लाभांश र २०७७र०७८ को नाफाबाट १० प्रतिशत बोनस सेयर सोबापत लाग्ने कर तिर्न शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेस हुनेछ। साथै, संस्थापक समूहबाट पाँचजना र सर्वसाधारण समूहबाट एक जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ।


प्रतिक्रिया दिनुहोस्