तालिबानले छाडेनन् मस्ती गर्न, जिमपछि रकेट लन्चरसहित सानो डुंगामा तैरिए (भिडिओ)

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  १० : २५


अफगानिस्तानको सत्ता कब्जा गरेयता तालिबान लडाकुहरु पहिलेजस्तो युद्धको लागि सतर्क हुन पर्दैन। जसका कारण उनीहरु यतिबेला फुर्सदिलो देखिएका छन्।

२० वर्षसम्म सरकारी सेना साथै अमेरिकीसहित नेटोमा आवद्ध सेनासँग युद्धमा होमिएका ती लडाकुहरु यतिबेला आराममा छन्। उनीहरुले रमाइलो गरेको भिडिओ र फोटोहरु सार्वजनिक हुन थालेको छ।

केही समय अगाडि उनीहरु जिमखानामा रमाइलो गरिरहेका थिए। उनीहरुले बच्चाले खेल्ने गाडी चढ्दा अमेरिकी सेनाको हेलिकप्टरमा पिङ खेलेका थिए।

(भिडिओ)

यतिबेला उनीहरुले मस्ती गरिरहेको अर्को फोटो तथा भिडिओहरु सार्वजनिक भएका छन्। उनीहरु यतिबेला डुंगामा बन्दु र रकेट लन्चरसहित तैरिरहेको देख्न सकिन्छ।

Image

Image


प्रतिक्रिया दिनुहोस्