विश्वलाई मोदीको आग्रहः पूर्ण खोप लगाएकालाई हवाई यात्रामा बाधा नगरौं

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : ४५


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राराष्ट्रिय यात्रा सहज पार्न विश्व समुदायसँग अपिल गरेका छन्।

कोभिडका कारण यात्रुलाई एक देशबाट अर्को देशमा यात्रा गर्न कठिनाई भइरहेका बेला प्रधानमन्त्री मोदीले सो अपिल गरेका हुन्। कोभिडबिरुद्ध खोप लगाएको प्रमाणको परास्परिक पहिचान गरि यात्रा सहज पार्नुपर्ने मोदीको भनाई छ।

‘महामारीले पारेको आर्थिक असरलाई सम्बोधन गर्नु आवश्यक छ। खोप लगाएको प्रमाणलाई मान्यता दिएर अन्तर्राष्ट्रिय यात्रा सहज पारौं’ ग्लोवल कोभिड सम्मेलनलाई अमेरिकामा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने।


प्रतिक्रिया दिनुहोस्