आज कांग्रेस पदाधिकारी बैठक बस्दै, यी हुन् एजेण्डा

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : ४०


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक डाकेका छन्।

मन्त्रिपरिषद् विस्तार र पार्टीको १४औँ महाधिवेशनमाथि छलफल गर्न उनले दिउँसो ३ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्।

कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले दिउँसो ३ बजे पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बस्न लागेको पुष्टि गरे।

सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहेका बेला सरकारमा कांग्रेसबाट सहभागी हुने मन्त्रीको विषयमा पनि छलफल हुनेछ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूले बुधबार पनि छलफल गरेका थिए। बुधबारको बैठकले नेपाली कांग्रेसले आसन्न १४औँ महाधिवेशनको अन्तर्गतको पालिकाको अधिवेशन निर्धारित मितिमै आयोजना गर्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस्