भारतमा एक व्यक्तिले २० वटा सडक कुकुरलाई बिष खुवाएर मारेपछि विरोध

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : ३३


भारतको उडिसामा एक व्यक्तिले २० वटा कुकुरलाई विष खुवाएर मारेका छन्। उडिसाको कटाक जिल्लाका मिठाइ पसलेले ती सडक कुकुर मारेका हुन्।

रातभर भुकेको र विहान उठ्दा पसलमा फोहर गरेको झोंकमा उनले कुकुर मारेको बताएका छन्।

मिठाइ पसल नजिकैको एउटा खोंचमा १० ओटा कुकुर फालेको स्थानीयले देखेपछि ती पसलेमाथि शंकाको सुई तेर्सिएको थियो। बाँकी दश ओटा मृत कुकुर पसलबाट केही किलोमिटर टाढा भेटिएका थिए।

रातभर कुकुर भुकेर सुत्न नपाएपछि आफूले खानेकुरामा विष हालेर कुकुर मारेको उनले स्वीकारेका छन्। हाल प्रहरी हिरासतमा रहेका उनलाई भारतको दण्ड सँहिता र जनावरसम्बन्धी ऐनअन्तर्गत कारबाही हुने प्रहरीले जनाएको छ।

पशु अधिकारकर्मीहरुले यो कार्यको विरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस्