लमजुङमा छात्रामाथि जबर्जस्ती करणीको अभियोगमा एक शिक्षक थुनामा

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : १६


लमजुङमा १४ बर्षीया किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। राइनास नगरपालिका भैरव माविका शिक्षक प्रकाश थापालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

बुधवार जिल्ला अदालतमा भएको थुनछेकको बहसपछि न्यायाधीश पुनाराम खनालको एकल इजलासको आदेशले शिक्षक थापालाई पुर्पक्षका लागि थुनामा पठाएको हो।

पीडित छात्राले १ भदौमा राइनास ९ मोहोरियाकोट निवासी शिक्षक थापा र सोही ठाउँका अर्जुन विक्रम थापाले आफूलाइ विभिन्न समयमा जबरजस्ती बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन्। जाहेरीलगत्तै अर्जुन विक्रम थापा पक्राउ परेका थिए।

शिक्षक थापालाई भने १४ भदौमा प्रहरीले पक्राउ गरेको हो। बलात्कारका अर्का आरोपी अर्जुन विक्रम थापा ३ लाख तिरेर धरौटीमा रिहा भइसकेका छन्।


प्रतिक्रिया दिनुहोस्