राष्ट्रिय फोटो पत्रकार समूहको अध्यक्षमा वन्त, १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : १२


राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे नेपाल०को केन्द्रीय अध्यक्षमा प्रदीपराज वन्त चयन भएका छन्। एनएफपिजेको १२औँ अधिवेशनले वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ र सचिवमा रिर्पोटस नेपालका मुकुन्द कालिकोटेलाई चयन गरेको हो।

केन्द्रीय सदस्यमा नयाँपेजका प्रबिण कुलुङ राई, अन्नपूर्णटाइम्सका घनश्याम श्रेष्ठ, बाह्रखरीका हरिशसिंह नगाल, अनलाइनखवरका आर्यन धिमाल,थाहाखबरका शिला तिमिल्सिना, नेवा टाइम्सका रमिता छुँजु र प्रभाव दैनिकका प्रदीप कुमार श्रेष्ठ चयन भएका छन्। दुई जना केन्द्रीय सदस्य केन्द्रीय कमिटीले मनोनित गर्नेछ।

योसँगै राजेन्द्र चित्रकारको संयोजकत्वमा रहेको तत्कालीन कार्यसमिति भङ्ग भएको छ।


प्रतिक्रिया दिनुहोस्