नवनियुक्त परराष्ट्रमन्त्री डा. खड्कालाई भारतीय समकक्षी जयशंकरको बधाई

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ९ : ०४


नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई भारतीय समकक्षी एस जयशंकले बधाई तथा शुभकामना दिएका छन्। विदेश मन्त्री जयशंकरले आगामी दिनमा मन्त्री खड्कासँग मिलेर काम गर्ने बताएका छन्।

‘नेपालको परराष्ट्रमन्त्रीमा नियुक्त भएकोमा सम्माननीय डा. नारायण खड्कालाई बधाई छ। आगामी दिनमा उहाँसँगै मिलेर काम गर्ने आशा गर्छु।’ जय शंकरले ट्विट गरेका छन्।

७२ वर्षीय खड्का बुधबार परराष्ट्रमन्त्रीमा नियुक्त भएका थिए। उनलाई बुधबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको सपथ खुवाएकी थिइन्।

मन्त्री खड्काले चीन र भारतसँग सन्तुलित सम्बन्ध कायम हुने बताएका छन्। मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री खड्काले दुबै छिमेकीसँग अन्त्यन्त सुमधुर, घनिष्ठ, मैत्रीपूर्ण र सन्तुलित सम्बन्ध हुने बताएका हुन्।


प्रतिक्रिया दिनुहोस्