विश्वमा आजः भारत र पाकिस्तानबीच युद्धविरामदेखि साउदीको स्थापनासम्म

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ५८


आज २३ सेप्टेम्वर हो र विश्व इतिहासमा भएका केही महत्वपूर्ण घटना तल उल्लेख गरिएको छ।

भारत पाक युद्ध
भारत र पाकिस्तानबीच दुई पटक युद्ध भएको छ भने दुई देशका सेनाबीच धेरै पटक आमने सामने हुने गरेको छ। सन् १९६५ को अगस्टमा दुई देशबीच सुरु भएको दोस्रो युद्ध २३ सेप्टेम्वरमा युद्धविरामसँगै समाप्त भएको थियो। विवादास्पद काश्मिरलाई लिएर यी दुई देशबीच युद्ध भएको थियो।

निक्सनको भाषण
सन् १९५२ मा अमेरिकाका तत्कालिन उपराष्ट्रपतिका उम्मेदवार रिचार्ड निक्सनले आफूमाथि लागेको भ्रष्टाचारको आरोपको जबाफमा गरेको एक टेलिभिजन सम्बोधन पनि इतिहासमा सम्झनयोग्य घटनाका रुपमा लिइन्छ। सम्बोधनको एउटा अंशमा निक्सनले आफूले उपहार स्वरुप पाएको कुकुरको प्रसंग जोडेपछि भाषणले चर्चा पाएको थियो।

साउदी राज्यको स्थापना
सन् १९३२ मा साउदी अरेवियाको स्थापना भएको थियो। हरेक वर्ष २३ सेप्टेम्बरलाई साउदी राष्ट्रिय दिवसको रुपमा मनाइन्छ।

जापानको खेल उत्दपादक कम्पनी
सन १८८९ मा जापानी व्यवसायी फसुजिरो यामाउचीले क्वेटो सहरमा नाइनटेन्डो कोपाई नामक कम्पनी खोलेका थिए। यो कम्पनी खेलसँग सम्बन्धित सामाग्री उत्पादनका लागि चर्चित छ।


प्रतिक्रिया दिनुहोस्