मेस्सीबिनै मैदान उत्रेको पिएसजीले मेट्जलाई २–१ ले हरायो

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ४७


स्टार खेलाडी लियोनल मेस्सीबिना नै फ्रेन्च लिगा वानमा पेरिस सेन्ड जर्मेन पिएसजीले जित निकालेको छ ।

बुधबार राति भएको खेलमा पिएसजीले १० खेलाडीमा सीमित मेट्ज क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो। पिएसजी खेल तालिकाको शीर्ष स्थानमा कायमै छ।

तनावपूर्ण खेलमा पिएसजीलाई जित दिलाउन अचराफ हामिकीले २ गोल गरे। पराजित मेट्जको लागि बोउबाकर कोउयातेले सान्त्वना गोल गरे।

खेलमा अग्रता भने पिएसजीले लिएको थियो। हाकिमीले पाँचौ मिनेटमा गोल गरे। ३९ मिनेटमा बोउबाकरले बराबरी गोल गरे। यस्तै थपिएको पाँच मिनेटमा गोल गर्दै हाकिमीले पिएसजीलाई तीन अंक दिलाए।

गत साताको चोटका कारण यसै सिजन बार्सिलोनाबाट पेरिस झरेका मेस्सी भने मेट्जविरुद्ध मैदान उत्रिएनन्।

खेलमा मेट्जले दुई रातो कार्ड ब्यहोरेको थियो। खेल सुरु नहुँदै प्रशिक्षक फ्रेडेरिक एन्टोनिटोले रातो कार्ड पाउदै दर्शकदीर्घामा पुगेका थिए। ९० मिनेटपछि थपिएको एक मिनेटमा कप्तान ड्यलान ब्रोनले रातो कार्ड प्राप्त गरेका थिए।

जितसँगै पिएसजी सात खेलबाट शतप्रतिशत जितसहित २१ अंकसँगै शीर्ष स्थानमा छ। मेट्ज भने सात खेलबाट तीन अंकसहित तालिकाको पुछारमा छ।


प्रतिक्रिया दिनुहोस्