आज प्रतिनिधिसभा बैठक, बजेट पारित गर्ने कार्यसूची

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ४१


संघीय संसदको तल्लो सदन प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ। बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा चालु आर्थिक वर्ष २०७८–७९ को बजेटसँगसम्बन्धित दुई वटा विधेयक पारित गर्ने सम्भावित कार्यसूची छ।

बिहीबारको संसद बैठकमा आर्थिक विधेयक २०७८ माथि छलफल गरेर प्राप्त संशोधनलाई निर्णायार्थ प्रस्तुत गरिनेछ।

अर्थमन्त्री जनार्दन शर्माले ‘आर्थिक विधेयक २०७८ पारित गरियोस्’भनि प्रस्ताव गर्नेछन्। राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधन र पारित गरियोस् भन्ने प्रस्ताव पनि बिहीबार नै पेस हुनेछ।

सत्तापक्षले विधेयक अगाडि बढाइरहे पनि प्रमुख प्रतिपक्षी एमाले भने सदनमा नाराबाजी गर्दै आएको छ।

No description available.


प्रतिक्रिया दिनुहोस्