क्रिकेटर विनोद भण्डारी र पत्रकार सोनिका अर्याल वैवाहिक बन्धनमा बाँधिँदै

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ९ : २०


काठमाडौं । क्रिकेटर विनोद भण्डारी र खेलकुद पत्रकार सोनिका अर्याल वैवाहिक बन्धनमा बाँधिने भएका छन् ।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याट्सम्यान भण्डारी र खेलकुद पत्रकार मन्चकी सदस्यसमेत रहेकी सोनिकाले आज हिन्दु परंपराअनुसार टीकाटालो गरेका हुन्।

सोनिका हाल ग्यालेक्सी फोर के टीभीमा कार्यरत छन्। यसअघि उनी हिमालय टीभीमा थिइन्। सोनिकाले थुप्रै स्पोर्ट्स प्रोग्राममा प्रस्तोताको रूपमा समेत काम गरेकी छन्।

भण्डारी र अर्याल विगत केही वर्षदेखि प्रेम सम्बन्धमा थिए।


प्रतिक्रिया दिनुहोस्