गठबन्धन दलको बैठक बालुवाटारमा जारी

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ८ : ४३


काठमाडौं । सत्तारुढ गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।

साँझ ६ बजेदेखि सुरु भएको बैठक अहिलेसम्म जारी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए।

बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल भइरहेको छ। गठबन्धनले भोलि (बिहीबार)सम्ममा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ।

बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति देउवा र सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र संघीय अध्यक्ष डा बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललगायत नेताहरू सहभागी छन्।

सरकार गठन भएको दुई महिना पुगिसक्दा पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन।


प्रतिक्रिया दिनुहोस्