प्रधानसेनापति शर्मालाई भेट्न चिनियाँ राजदूत यान्छी जंङ्गी अड्डामा

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : ४३


काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र चीनका लागि नेपाली राजदूत होउ यान्छीबीच शिष्टाचार भेटवार्ता भएको छ।

बुधबार प्रधानसेनापतिको कार्यकक्षमा भएको भेटमा द्विपक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ।

भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ।


प्रतिक्रिया दिनुहोस्