आगलागी भएको डेढ महिनामै नेविको बिस्कुटले पुनःसुरु गर्यो उत्पादन

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : ३९


काठमाडौं । काठमाडौँको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेविको बिस्कुटको कारखाना पुनः सञ्चालनमा आएको छ।

गत साउन २३ गते भिषण आगलागीका कारण बन्द रहेको नेविको बिस्कुटको कारखाना बुधबार (आज)बाट पुनः सञ्चालनमा आएको हो।

बुधबार कम्पनीले पत्रकार सम्मेलन आयोजना गरी सञ्चालनमा आएको जानकारी दिएको हो।

कारखाना सञ्चालनमा आएपनि पूर्ण रुपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने कम्पनीको भनाई छ।

कम्पनीका प्रमुख कार्यकारी निर्देशक केशव भट्टराईले पहिलो चरणमा दैनिक १६ टन मात्रै उत्पादन गर्ने लक्ष्य रहेको बताए।

उनले आगलागीका कारण मेशीन पूर्ण रुपमा ध्वस्त भएको कारण पहिलेको क्षमता भन्दा कम उत्पादन हुने बताए।

उनले यसअघि एभरेजमा दैनिक २० देखि २२ टन विस्कुट उत्पादन हुने गरेको पनि बताए।

यस्तै, उनले आगलागीबाट अनुमानीत कुल २२ करोड रुपैयाँ बराबरको क्षेती भएको पनि जानकारी दिए।

जसमध्य १२ करोड रुपैयाँ अनुमानीत कच्चा पदार्थमा र बाँकी मेशीन र घरमा क्षेती पुगेको उनले बताए।

मेशीन र घरको क्षेती पूर्ण विवरण अझै नआएको पनि उनले जानकारी दिए।

नेपालको पहिलो बिस्कुट उत्पादन कम्पनी भनेकै नेविको प्रालि हो।

नेविकोले करिब ५८ बर्षदेखि आफ्ना उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आएको छ।

नेपालमा अन्तराष्ट्रिय कम्पनीका विस्कुटहरु नभित्रिएको समयमा नेबिकोका थिनारोट, ग्लुकोज, कोकोनट विस्कुटले आधिपत्य जमाएका थिए।


प्रतिक्रिया दिनुहोस्