८२ वर्षीया आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ६ : २६


सोलुखुम्बू । सोलुखुम्बूमा आमाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेचा सल्यान गाउँपालिका-५ की बडालक्षी राईलाई फलामको हम्मरले हानेर हत्या गरेको आरोपमा प्रहरीले लक्ष्मण राईलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बूका अनुसार लक्ष्मण बडालक्षीका कान्छा छोरा हुन्।

३ असोज दिउँसो आफ्नै घरमा टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा रहेकी ८२ वर्षकी बडालक्षीलाई छिमेकीले अस्पताल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो।

अनुसन्धानको क्रममा कान्छा छोरा लक्ष्मण राईले आमालाई फलामे हम्मरले टाउकोको पछाडि भागमा हिर्काएको खुल्न आएको प्रहरीले जनाएको छ।

लक्ष्मणलाई पक्राउ गरी जिल्ला अदालत सोलुखुम्बूबाट १० दिन म्याद थप भई अनुसन्धान जारी राखेको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्