१,४७८ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ५ : ५८


काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा एक हजार चार सय ७८ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह सार्वजनिक गरेको तथ्यांकअनुसार १३ हजार नौ सय ३० वटा नमुना परीक्षण गर्दा एक हजार चार सय ७८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै देशभर सक्रिय संक्रमित २१ हजार एक सय ३९ जना रहेका छन्। पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला नौ र दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला २१ छन्।

पछिल्लो २४ घन्टामा एक हजार ६ सय ३० जना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुने कूल संख्या सात लाख ५५ हजार ६ सय ३० छ। नेपालमा संक्रमणमुक्त हुने दर ९५ दशमलव ९ प्रतिशत छ।

यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ। अहिलेसम्म संक्रमणबाट ११ हजार ५९ जनाको निधन भइसकेको छ।

हाल देशभर तीन सय ३४ जना सघन उपचार कक्ष (आईसीयू), एक सय १९ जना भेन्टिलेटर, १९ हजार आठ सय पाँचजना होम आइसोलेसन, एक हजार तीन सय ३४ जना संस्थागत आइसोलेसन र दुई सय ४३ जना क्वारेन्टिनमा छन्।


प्रतिक्रिया दिनुहोस्