काठमाडौं । गौहत्याको आरापमा प्रहरीले विभिन्न व्यक्तिलाई प्रकाउ गरिएको प्रति नेपाल तामाङ घेदुङले आपत्ति जनाएको छ।
महासचिव महित कुमार तामाङले विज्ञप्ति जारी गर्दै पक्राउ गरिएकालाई रिहा गर्न माग गरेका छन।
पुर्खादेखिको चलन अनुसार गाईगोरूको मासु खाने रैथाने समुदायका सदस्यहरूलाई पक्राउ गरी कानुनी दण्ड दिलाउने प्रहरी कारवाही धर्म निरपेक्ष राज्यसँग नमिल्ने विज्ञप्तिमा उल्लेख छ।