मनिलाका मेयरद्वारा फिलिपिन्सको राष्ट्रपतिमा उम्मेदवारी घोषणा

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ४३


मनिला । फिलिपिन्सको राजधानी मनिला नगरका मेयर फ्रान्सीस्को डोमागोसोले राष्ट्रपतिमा उम्मेदवारी घोषणा गरेका छन।

आगामी सन् २०२२ मा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उहाँले बुधबार औपचारिक गरेका हुन।

उम्मेदवारी घोषणा गर्नुअघि ४६ बर्षीय डोमागोसोले बृहत राजनीतिक ¥याली निकालेका थिए।

नगरपालिका भित्रको अति गरिव क्षेत्रमा निकालिएको ¥यालीपछि आयोजित घोषणा सभामा उनले आफू विजयी हुने दाबी गरे।

लोकप्रिय युवा राजनीतिज्ञ डोमागोसोले सवैको साथले आफू विजयी हुने र सरकारलाई पनि सवै मिलेर सफल बनाउने विश्वास व्यक्त गरे।

राष्ट्रपतिमा उम्मेदवारी घोषणा गर्ने उनी तेस्रो नेता हुन।

यसअघि सिनेटर मन्नी पाक्वीयो र पान्फीलो लाक्सोनले पनि राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन। एजेन्सी


प्रतिक्रिया दिनुहोस्