१०४ अंकले बढ्यो नेप्से : १३ बढी कम्पनीको मूल्यमा ‘पोजेटिभ सर्किट’

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ०९


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा उच्च अंकको वृद्धि देखिएको छ।

राष्ट्र बैंकको मौद्रिक नीति, बैंकको ब्याजदर लगायतका कारणले विगत केहि दिनमा उच्च अंकको गिरावट आइरहेको नेप्सेमा हिजोदेखि सुधार भएको थियो।

हिजो १४ अंकले बढेको नेप्सेमा आज १०४.८८ अर्थात ३.८७ प्रतिशतको वृद्धि देखिएको हो।

आज नेप्सेमा हिजोको भन्दा कोरोबार रकममा पनि केहि सुधार भएको छ। यसदिन नेप्सेमा ६ अर्ब बढीको कारोबार भयो।

आज नेप्सेका उपसुचकहरुमा सबैभन्दा धेरै फाइनान्स र विकासबैंक क्षेत्रमा वृद्धि देखिएको छ।

शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्स, बेष्ट फाइनान्स कम्पनी, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, मल्टिपर्पोज फाइनान्स कम्पनी, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी, युनियन हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, लिवर्टी इनर्जी कम्पनी रहेका छन्। यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्त, श्री इन्भेष्टमेन्ट फाइनान्स, पञ्चमन्यामाई हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स, हिमालयन उर्जा विकास कम्पनी, ग्रिनलाइफ हाइड्रोपावर, गुडवील फाइनान्स, जोशी हाइड्रोपावर, महालक्ष्मी विकास बैंक र खानीखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ। यी कम्पनीको शेयरमूल्य आज करिब १० प्रतिशतले बढेको छ।

यी हुन आज धेरै कमाउने २० कम्पनी


प्रतिक्रिया दिनुहोस्