फोर्ब्सको सर्वाधिक कमाउने फुटबलरको लिस्टमा रोनाल्डो पहिलो, मेस्सी दोस्रो (सूची)

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : ४९


फोर्ब्सको सर्वाधिक कमाईगर्ने फुटबलरको सूचीमा क्रिस्टियानो रोनाल्डो शीर्ष स्थानमा छन् भने लियोनल मेस्सी दोस्रो नम्बरमा आएका छन्।

सन् २०२१–२०२२ सिजनमा रोनाल्डोले १२५ मिलियन अमेरिकी डलर अर्थात् १४ अर्ब रुपैयाँभन्दा बढी रकम कमाए। फुटबल क्लबले दिएको तलबसँगै विज्ञापनबाट उनले यति रकम कमाएका हुन्।

यस्तै मेस्सीले ११० मिलियन अमेरिकी डलर अर्थात १२ अर्ब रुपैयाँभन्दा बढी रकम कमाए।

सर्वाधिक कमाई गर्ने खेलाडीको सूचमा रोनाल्डो र मेस्सीसँगै नेमार जुनियर, केलिएन एमबाप्पे, मोहम्मद सला, रोवर्ट लिवानडोस्की, ग्यारेथ बेल, इदेज ह्याजार्ड, पल पोग्बा, आन्द्रे इनिस्टाजस्ता खेलाडी पनि परेका छन्। गोल डटकम

No description available.


प्रतिक्रिया दिनुहोस्