सुनको भाउ प्रतितोला ९ सयले बढ्यो

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  २ : ३८


काठमाडौं । आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ९ सय रुपैयाँले सुनको भाउ बढेको छ।

छापावाल सुन मङ्गलबार ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। आज ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँ कायम गरिएको छ।

तेजाबी सुन मङ्गलबार प्रतितोला ८८ हजार ७ सय ५० मा कारोबार भएको थियो।

महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारको तुलनामा आज प्रतितोला २५ रुपैयाँले बढेको छ।

चाँदी मङ्गलबार प्रतितोला १ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आज प्रतितोला १ हजार १ सय ६५ रुपैयाँ तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्