अभिनेत्री प्रियंका कार्कीले छोरीलाई जन्म दिएकी छिन्।
छोरी जन्मिएको विषय कार्की स्वयंमले सामाजिक संजालमा जानकारी दिएकी हुन्।
उनले छोरीको नाम आयांका कार्की जोशी भएको पनि उल्लेख गरेकी छिन्।
गर्भवती भएदेखि नै प्रियंकाले आफ्नो गर्भावस्थाबारे सामाजिक संजालमा जानकारी दिईरहन्थिन्। उनले व्यायाम गरेको र स्वस्थ खाना खाएको इन्स्टाग्राम, युट्युब तथा फेसबुकमा पोस्ट गरिरहन्थिन्।