क्यामेरा देख्ने बित्तिकै मलाइका अरोडाको बद्लियो चाल, यसरी हिँडिन् (भिडिओ)

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  १२ : ५३


अभिनेत्री मलाईका अरोडा बलिउडमा कुनै सुमय आईटम गर्लको रुपमा परिचित थिइन्। यतिबेला उनी भारतीय रियालिटी कार्यक्रमहरुमा निर्णायकको भूमिका निर्वाह गर्दछिन्।

फिटनेसमा निकै सजग मलाईका सलमान खानकी पूर्व बुहारी हुन्। उनी र अर्बाज खानको सन् २०१७ मा सम्बन्धविच्छेद भएको थियो। उनीहरुबाट एक छोराको जन्म भएको थियो। हाल अरहान खान १८ वर्षका भइसके।

४७ वर्षकी मलाईका यतिबेला ३६ वर्षको अर्जुन कपुरसँगको प्रेम सम्बन्धमा छिन्। अर्जुनभन्दा मलाईका ११ वर्षले जेठी हुन्। हालै उनै मलाईका अरोडाको एउटा भिडिओ निकै भाइरल भइरहेको छ। जसका कारण उनी ट्रोलको शिकार भएकी छिन्।

(भिडिओ)

पत्रकारहरु जम्मा भएर क्यामेरा उनी तिर तेर्सिनेबित्तिकै उनको हिँड्ने शैली बद्लिएको भनेर उनको ट्रोल भइरहेको छ। कतिपयले उनको हिँडाई नक्कली भएको र सो हिँडाईभन्दा हाँसको हिँडाई राम्रो भएको बताइरहेका छन्।

Arbaaz Khan on equation with son Arhaan: I am a hands-on father, and he is a wonderful boy - Movies News

Malaika Arora, Arjun Kapoor test positive for coronavirus - Celebrity - Images


प्रतिक्रिया दिनुहोस्