यस दशककै उत्कृष्ट खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो नयाँ सिजन नयाँ–नयाँ क्लबमा अनुबन्ध भएका छन्।
रोनाल्डो आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किएका छन् भने मेस्सी पीएसजीमा अनुबन्ध भएका छन्।
उनीहरुले नयाँ क्लबबाट समान ३–३ खेल खेलेका छन्। रोनाल्डोले युनाइटेडबाट एक च्याम्पियन्स लिग र दुई प्रिमियर लिग खेल खेलेका छन्। यी सबै खेल गरेर रोनाल्डोले ४ गोल गरिसकेका छन्।
उता मेस्सीले पनि एक च्याम्यिन्स लिग र दुई लिग वान खेलेका छन् तर हालसम्म गोल गर्न सकेका छैन। तीन खेलमा उनले एक पँहेलो कार्ड खाएका थिए।
रोनाल्डोले त युभेन्टसबाट सिरि एको एक खेल पनि खेलेर आइसकेका छन्। जहाँ उनी एक गोल गर्न सफल भए।
रोनाल्डोका फ्यानहरु उनको प्रदर्शनबाट खुशी छन्। मेस्सीका समर्थक भने मेस्सीको पहिलो गोलको खुशी मनाउन पर्खिएर बसेका छन्।