डब्लूएचओ भारतसँग खुशी

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ११ : ५८


विश्व स्वास्थ्य संगठन डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडह्यानम गिब्रियसुस भारतसँग खुशी भएका छन्। उनले भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डवियालाई कोरोना भ्याक्सिन सहयोग सुचारु गरेकोमा धन्यवाद दिएका हुन्।

भारतले डब्लूएचओको महत्वपूर्ण कोभ्याक्स कार्यक्रमलाई पुनः खोप दान दिन लागेको हो।

यो योजनाले विश्वका गरिब राष्ट्रलाई निःशुल्क खोप वितरण गर्ने लक्ष्य लिएको छ। किनभने डब्लूएचओ सबैले खोप पाएमा मात्र कोरोना नियन्त्रणमा आउने विश्वास व्यक्त गर्दछ।

कोभ्याक्सलाई खोप दिने काम सुचारु गरेकोमा भारतका स्वास्थ्यमन्त्री मनसुख मन्डवियालाई धन्यवाद दिँदै टेड्रोसले भनेका छन्,‘यसवर्ष सबै देशहरुको लक्ष्य ४० प्रतिशत खोप लगाइसक्ने हो। भारतको सहयोगले सो योजनामा ठूलो योगदान दिनेछ।’


प्रतिक्रिया दिनुहोस्