डा खड्का परराष्ट्रमन्त्री नियुक्त, शपथ एक बजे

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ११ : ५२


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काङ्ग्रेसका सांसद डा।नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गरेकी छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम डा खड्कालाई परराष्ट्र मन्त्री नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्री खड्कालाई दिउँसो १ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले बताए ।


प्रतिक्रिया दिनुहोस्