अस्ट्रेलियामा ५ दशमलब ८ रेक्टर स्केलको भूकम्प, भत्कायो केही घरहरु

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ११ : २६


अस्ट्रेलियाको दक्षिण–पूर्वी क्षेत्रमा बुधबार बिहानै ५ दशमलब ८ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पले केही घरहरु भत्किएका छन् भने दर्जनौं भवन चर्काएको बीबीसीले जनाएको छ।

मेन्सफिल्डलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का स्थानीय समयअनुसार बिहान ९ बजेर १५ मिनेटमा महसुस गरिएको थियो।

भूकम्पपछि त्रसित बनेका नागरिकहरुलाई त्यहाँका प्रधानमन्त्री स्कट मरिसनले सम्बोधन गर्दै नडराउन आग्रह गरेका छन्। उनले भनेका छन्,‘अहिलेसम्म भूकम्पले कुनै मानिसको ज्यान गएको खबर प्राप्त भएको छैन, यो शुभ समाचार हो।’

भूकम्पको झट्का दक्षिण अस्ट्रेलिया र न्यु साउथ वेल्समा पनि महसुस गरिएको थियो। त्यसपछि हालसम्म दुईपटक पराकम्पन महसुस गरिएको छ। अस्ट्रेलियामा यसवर्ष गएको यो नै शक्तिशाली भूकम्प हो।


प्रतिक्रिया दिनुहोस्