डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ३२


काठमाडौं । ५ दलीय सत्तारुढ गठबन्धनले काँग्रेस नेता डा.नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अन्य मन्त्रीहरुबारे पछि निर्णय गर्ने गरि परराष्ट्र मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका नेता खडकालाई दिने निर्णय गरेको हो।

गठबन्धनले परराष्ट्रमन्त्रीमा सिफारिस गरेसँगै खड्काको सपथ भोलि नै हुने भएको छ ।

मन्त्रीपरिषदका अन्य मन्त्रीहरुको बारेमा छिट्टै नै निर्णयमा पुग्ने समेत बैठकले निर्णय गरेको छ।

आजको बैठकले यसअघि केपी ओलीको प्रधानमन्त्रीत्वकालमा नियुक्त भएका राजदूतहरुलाई फिर्ता बोलाउने समेत निर्णय गरेको छ।

अरु मन्त्रीहरु समेत तत्काल नै नियुक्त गरिने आजको बैठकले निर्णय गरेको छ।


प्रतिक्रिया दिनुहोस्