बिक्की अग्रवालको हराएको ब्याग प्रहरीले फिर्ता गर्यो

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : १३


काठमाडौं । रियालिटी शो ‘कमेडी च्याम्पियन’का उपविजेता बनेका बिक्की अग्रवालको हराएको ब्याग भेटिएको छ।

प्रहरीले हराएको ब्याग नगदसहित भेटेर उनलाई फिर्ता गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरी कार्यालयका अनुसार बिमानस्थलको स्वर्णद्वार नजिकै ड्यूटीमा खटिएका प्रहरीले वेवारिसे अवस्थामा सो ब्याग फेला पारेका हुन।

झोलाभित्र रहेको परिचयपत्र हेर्दा उक्त झोला कमेडी च्याम्पिन सिजन-२ का प्रतिस्पर्धी अग्रवालको भएको पाइएको थियो।

प्रहरीका अनुसार ब्यागभित्र नेपाली २ हजार ९४० रुपैयाँ र भारु ७९० सहित अन्य थियो। ब्याग भेटिएपछि उनलाई फिर्ता गरिएको छ।

भारतको सिक्किमका बिक्की कमेडी च्याम्पिनयनमा भाग लिन नेपाल आएका हुन्।

ब्याग पाएपछि बिक्कीले प्रहरीलाई धन्यवाद दिएका थिए।

 


प्रतिक्रिया दिनुहोस्