मृत घोषणा भएको ४५ मिनेटमा होसमा आइन् र बच्चा जन्माइन् यी महिलाले

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ६ : २७


अमेरिकामा मृत घोषणा भएकी एक महिला ४५ मिनेटपछि पुनः होसमा फर्किएकी छिन् र उनले एक स्वस्थ बच्चा जन्म दिएकी छिन्।

पिपल डटकमका अनुसार अमेरिकको मेरिल्यान्डमा गर्भवती क्याथे प्याटन नाम गरेकी महिलालाई जब प्रसब पीडा लाग्छ उनलाई अस्पताल भर्ना गरिन्छ। तर जब उनी प्रश्रब पीडामा हुन्छन् उनलाई हृदयघात हुन्छ र उनको सास बन्द हुन्छ।

लामो समयसम्म उनको मुटुको धड्कन नचलेपछि उनलाई मृत घोषणा गरिन्छ। तर मृत घोषणा भएको ४५ मिनेटपछि उनी होसमा आउँछिन् र स्वस्थ बच्चा जन्माउँछिन्।

जब उनको सास जान्छ उनलाई सीपीआर विधिबाट सास दिने प्रयास गरिन्छ। सीपीआर विधिबाटै उनको ज्यान जोगिएको डेलीमेलले जनाएको छ। डाक्टरहरु पनि यो घटनाबाट चकित छन्।

प्याटनका परिवारले यो घटनालाई चमत्कार भनेका छन्।


प्रतिक्रिया दिनुहोस्