राम्रो काम गर्ने ट्रुडो लगातार तेस्रोपटक क्यानडाको प्रधानमन्त्री

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ६ : ०५


क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको दल लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचन जितेको छ तर बहुमत ल्याउनबाट भने चुकेको छ।

मध्यावधि चुनाव गर्ने ट्रुडोको फैसला उनको लागि फाइदाजनक नदेखिएता पनि उनलाई लगातार तेस्रोपटक प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन।

लिबरल पार्टीले ९५ प्रतिशत मतगणणा भइसक्दा हालसम्म ३३८ मध्ये १५७ सिट जितिसकेको छ। बहुमत ल्याउन १७० सिटको आवश्यकता हुन्छ। जुन लिबरललाई सन् २०१९ झै जित्न मुस्किल देखिएको छ।

लिबरल पार्टीको कडा प्रतिस्पर्धी कन्जर्भेटिभले हालसम्म १२१ सिट जितिसकेको छ। बामपन्थी न्यु डेमोक्रेट्सले २९ सिटमा अग्रता कायम गरेको छ। ब्लक क्युबेकोइसको सिट घटेर २८ मा झरेको छ यस्तै ग्रीन पार्टीले दुई सिटमा जित हात पारेको छ।

यसपटक पनि ठूलो पार्टी भएको हिसाबले ट्रुडो नै प्रधानमन्त्री बन्नेछन्। उनले बहुमत ल्याएर एकलौटी लिबरल सरकार ल्याउने अपेक्षा गरेका थिए। जसका कारण उनले मध्यावधि निर्वाचन गराएका हुन्।

CanadianPM on Twitter: "Prime Minister Justin Trudeau visits ABC  Technologies in Brampton, Ontario, and meets with employees to discuss the  benefits of the new #NAFTA for workers and the economy.…  https://t.co/7itEa16pk8"

यसअघि सन् २०१९ मा पनि बहुमत नहुँदा ट्रुडोको पार्टीले गठबन्धन सरकारको नेतृत्व गरेको थियो। यसपटक पनि ट्रुडोको पार्टी लिबरलले गठबन्धनको सरकार नै नेतृत्व गर्ने देखिएको हो।

सन् २०१५ मा पहिलोपटक प्रधानमन्त्री बनेका उनले लगातार संसदीय निर्वाचन जितिरहेका छन्। फेरि ट्रुडो नै देशको प्रधानमन्त्री हुने भएपछि त्यहाँका नागरिकहरु खुशी भएका छन्। ट्रुडो एक सफा छवी भएका प्रधानमन्त्री हुन्। उनले क्यानडाको हितको लागि काम गरेको त्यहाँका नागरिक बताउँछन्।

मजदुर, वृद्धवृद्धा, बालबालिकादेखि देशका सबै तहका नागरिकसँग उनको राम्रो सम्बन्ध छ। सबैको माग सम्बोधन गर्ने खुबी भएकै कारण उनलाई सबैले मन पराएका हन्। एजेन्सीको सहयोगमा

Justin Trudeau On Why Raising Feminist Boys Is Just As Important As Raising  Feminist Girls | HuffPost Life


प्रतिक्रिया दिनुहोस्