प्रतियोगी महिला जिस्किन थालिन्, अमिताभले कार्यक्रम नै बन्द गर्न भनेपछि…(भिडिओ)

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ५ : ४३


भारतमा ‘कौन बनेका करोडपति’ केबीसी सर्वाधिक चर्चित टेलिभिजन कार्यक्रम हो। केबीसीमा अमिताभ बच्चनको उपस्थितीलाई झनै बढी रुचाइन्छ।

यतिबेला केबीसीको सिजन १३ जारी छ। यसबीचमा सो कार्यक्रमको एउटा प्रोमो सार्वजनिक भएको छ। सो प्रोमोमा एक महिला प्रतियोगी र अमिताभ जिस्किरहेको देख्न सकिन्छ।

महिला जिस्किन थालेपछि अमिताभले एक विन्दुमा पुगेर भन्छन्,‘प्रोड्युसर साप कार्यक्रम बन्द गरिदिनुस्।’ वास्तवमा महिलासँग फ्लर्ट गर्ने हिसाबले नै उनले त्यसो भनेका हुन्।

उनले कार्यक्रम बन्द गरेर आफू ती महिलासँग चिया पिउन जाने रमाइलो तवरमा भनेका हुन्।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्